सहकर्मी न्यायाधीशहरुको आन्दोलन सामना गरिरहेका प्रधानन्यायाधीश कहिले गल्छन् ? — OSNepal

सहकर्मी न्यायाधीशहरुको आन्दोलन सामना गरिरहेका प्रधानन्यायाधीश कहिले गल्छन् ?

LC (KTM) October 27, 2021 0

काठमाडौं, १० कात्तिक – सहकर्मी न्यायाधीशहरुको आन्दोलन सामना गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बुधवार (आज)बाट एक्लैले मुद्धाको सुनुवाई थालेका छन् ।

जबराको बर्हिगमन माग्दै सर्वोच्च अदालतका १५ जना न्यायाधीश इजलास बहिष्कार गरेर थप रणनीतिका लागि छलफलमा बसेपछि उनले बन्दीप्रत्यक्षीकरणसहितका मुद्धा राखेर आफ्नो एकल इजलासमा मुद्धाको सुनुवाई थालेका छन् ।

दुइदिनसम्म पेसी तोकेपनि आफ्नो इजलास नतोकेका जबराले राजीनामा नदिने भन्दै आजबाट इजलासमा मुद्धा आफुलाई समेत तोकेका छन् ।

असन्तुष्ट १५ जना न्यायाधीशहरु भने जबराको बर्हिगमन किन भन्ने विषयमा साझा लिखित धारणा तय गर्न तीन दिनयता छलफलमै छन् ।

सर्वोच्च अदालत एनेक्स भवनमा उनीहरु रणनीति बनाइरहेका छन् । तर जबराले भने इजलासमा सुनुवाई थालेका हुन् । सुनुवाई थालेपनि बहसका लागि कानुनव्यवसायीहरु भने इजलासमा पुगिसकेका छैनन् ।

एकजना कानुनव्यवसायी इजलासमा पुगेपनि प्रधानन्यायाधीश जबराले पाँचवटा निवेदनमा आदेश दिइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर