कानुन व्यवसायीहरुले आजबाट सर्वोच्च अदालतमा बहस नगर्ने — OSNepal

कानुन व्यवसायीहरुले आजबाट सर्वोच्च अदालतमा बहस नगर्ने

LC (KTM) October 27, 2021 0

काठमाडौं १० कात्तिक । सर्वोच्च अदालतका कानुन व्यवसायीहरुले आज बुधबारबाट बहस नगर्ने भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले राजीनामा दिनुपर्ने भन्दै कानून व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएसनले आजबाट बहस नगर्ने भएका हुन् ।

पछिल्लो समय मन्त्री भागवण्डाको विषयलाई प्रधानन्यायाधिश विवादमा तानिए पछि चौतर्फी रुपमा जवराको राजीनामा दिने विषय उठेको हो । जवराले अबको एक दुई दिनमा राजीनामा नदिए देशव्यापी आन्दोलनमा गर्ने समेत चेतावनी दिएका छन् ।

न्यायालयको गरिमा आँच आउने काम गरेको भन्दै नेपाल बार एशोसिएसन, सर्वोच्च बार एशोसिएसन र पूर्वन्यायाधीशहरुले पनि जवराको राजीनामा माग गर्दै आएका छन् ।

उता जवरा भने आफु संवैधानिक रुपमा नियुक्त भएको भन्दै सडकबाट माग्दैमा राजीनामा नदिने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर