सर्वोच्चका न्यायाधिशहरु प्रधानन्यायाधिश जबराको विषयलाई लिएर छलफलमा जुट्दै, आज पनि इजलास प्रभावित हुने — OSNepal

सर्वोच्चका न्यायाधिशहरु प्रधानन्यायाधिश जबराको विषयलाई लिएर छलफलमा जुट्दै, आज पनि इजलास प्रभावित हुने

LC (KTM) October 27, 2021 0

काठमाडौं १० कात्तिक । प्रधानन्यायाधिश चालेन्द्र शमसेर जबराको राजीनामाको विषयलाई लिएर बुधबार पनि सर्वोच्च अदालतका न्यायाधिशहरुले छलफल गर्ने भएका छन् । प्रधानन्यायाधीश जवराले राजीनामा दिनुपर्ने भन्दै सर्वोच्चका १४ न्यायाधिशहरुको छलफलमा जुट्न लागेका हुन् ।

अहिले ११ बजे बस्ने छलफल पछि लिखित रुपमा नै प्रधानन्यायाधिश जबरासमक्ष माग राख्ने बुझिएको छ । न्यायालयको गरिमामा आँच आउने काम गरेको भन्दै जवराको राजीनामा माग गरिएको हो । यसैगरी ,नेपाल बार एशोसिएसन, सर्वोच्च बार एशोसिएसन र पूर्व प्रधानन्यायाधिशहरुले समेत जवराको राजीनामा माग गर्दै आएका छन् ।

अदालका न्यायाधिशहरु आज पनि छलफल गर्ने भएको छन् । प्रधानन्यायाधिश चालेन्द्र शमसेर जबराले राजीनामा दिनुपर्ने माग राख्दै आएका सर्वोच्चका १४ न्यायाधिश आज पनि छलफल गर्न लागेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर