मुम्बई । बलिउड अभिनेता सलमान खान र आयुष शर्मा अभिनीत चलचित्र ‘अन्तिमः द फाइनल ट्रुथ’ को ट्रेलर सार्वजनिक भएको छ । एक्सनले भरिएको ट्रेलरमा सलमान र आयुषबीच ग्याङस्टार र प्रहरीबीचको द्वन्द्वलाई देखाइएके छ । महेश मान्जरेकरले निर्देशन गरेको चलचित्रमा अभिनेता सलमान सरदारको भूमिकामा देखिएका छन्, जहाँ उनको फरक व्यक्तित्व देख्न सकिन्छ ।
सन् २०१८ मा प्रदर्शनमा आएको मराठी चलचित्र ‘मुलशी प्याटर्न’ को हिन्दी रिमेकको रुपमा बनेको चलचित्रमा सलमान र आयुषसँगै प्रज्ञा जायसवाल र महिमा मकवानाको मुख्य भूमिका रहेको छ ।सौर्य दैनिकमा खबर छ । भारतीय सञ्चारमाध्यमले चलचित्रमा अभिनेता सलमानले आफ्नो इच्छानुसार केही थप दृश्यलाई राखेका छन् । दर्शकलाई सन्तुष्ट बनाउनका लागि चलचित्रमा थप दृश्य राखिएको सलमानले बताएका छन् ।
पोस्ट प्रोडक्सनको क्रममा आफ्नो भूमिकाका दृश्यको कमी महसुस गरेपछि खानले मुम्बई र प्रहरी कार्यालयमा छायांकन गरी थप १० मिनेटको दृश्य थपेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो चलचित्र २६ नोभेम्बरबाट सिनेमा हलमा प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ ।