टेलिभिजनको सबैभन्दा बढी बिबादीत शो बिग बोस ओटीटी बाट एकदमै चर्चा कमाएकी अभिनेत्री उर्फी जाबेद केही न केही फेशनको स्टाइलका कारण सधै चर्चामा आउने गरेकी छिन् । आफ्नो फेशन र ड्रेस सेन्सका लागि उनी एक चर्चित पात्रको रुपमा रहेकी छिन् । मान्छे हेर्दा नि अत्यन्तै आकर्षक र चिटिक्क परेकी छिन् । ति माथि उनको फेशनले सबैलाई मात नै खुवाई दिन्छ ।
हालै उर्फीलाई मुम्बईमा एक यस्तो स्टाइलमा देखिएको थियो जसको चर्चाले सामाजिक सञ्जाल पुरै गर्माएको छ । उनको यो अजीबको फेशन क्यामरा फेरी एकपटक कैद भएको छ । उर्फीले ब्लु जिन्स लगाएकी थिईन् जसको एकदमै अजीब खालको स्टाइल रहेको थियो । उनले यस जीन्सको साथमा सेतो स्पोर्टस् ब्रा लगाएकी थिईन् । उनले कपाल बाँधेकी थिईन् भने न्युड मेकअप समेत गरेकी थिईन् । उर्फी आफ्नो कपडाको स्टाइल आफै बनाउन सिपालु रहेकी छिन् । उनी यसैकारण ट्रोलको शिकार समेत हुने गरेकी छिन् ।