काठमाडौंं उपत्यकाको विभिन्न स्थानमा सञ्चालन हुँदै आएका ३९ पसलहरु परे कारवाहीमा — OSNepal

काठमाडौंं उपत्यकाको विभिन्न स्थानमा सञ्चालन हुँदै आएका ३९ पसलहरु परे कारवाहीमा

LC (KTM) October 26, 2021 0

काठमाडौं ९ कात्तिक । काठमाडौंं उपत्यकाका विभिन्न स्थानमा सञ्चालन हुँदै आएका ३९ पसलहरुलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले कारवाही गरेको छ ।

साताब्यापी बजार अनुगमनका क्रममा खाद्यान्न, लत्ता कपडा, तरकारी लगायतका ३९ पसलहरुलाई कारवाही गरेको हो ।

उपभोक्ता हित विपरित सञ्चालित यी पसलहरुबाट ३ लाख १० हजार रुपैयाँ जरिवाना गरिएको जिल्ला प्रकाशन कार्यालय काठमाडौंले जनाएको छ ।

प्रशासनले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग लगायत विभिन्न सरोकारवाला निकायहरुसहित साता व्यापी बजार अनुगमन सुरु गरेको छ ।

अन्य पसलहरुलाई भने सुधार गर्न निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर