काठमाडौं ९ कात्तिक । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका(१७ बिरौटा बस्ने ४२ वर्षीय सुरेश तामाङ र बारा कोल्बी नगरपालिका(१ कोल्बी बस्ने २६ वर्षीय ऋषि भट्ट रहेका छन् ।
पोखरा महानगरपालिका-६ लेकसाईडस्थित होटल ड्रिमल्याण्डमा महिलाहरुलाई काममा लगाई दिन्छु भन्दै ललाई फकाई प्रलोभनमा पारी तथा डर त्रास समेत देखाई यौन शोषण गर्ने गरेको उनीहरु माथि आरोप लागेको छ ।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उक्त स्थानबाट उद्दार गरिएका पीडित महिलालाई मनोपरामर्श गरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
निजहरु उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ ।