खुशीको खबर क्षयरोगको परीक्षण अब कालीकोटमै हुने — OSNepal

खुशीको खबर क्षयरोगको परीक्षण अब कालीकोटमै हुने

LC (KTM) October 26, 2021 0

क्षयरोगको परीक्षण अब कालीकोट जिल्लामै हुने भएको छ । जिल्ला अस्पतालमा क्षयरोग पत्ता लगाउने उपकरण९जिने एक्स–पोर्ट० जडान गरेर परीक्षण गर्न लागिएको हो । शङ्कास्पद अवस्थाका क्षयरोगीको सुक्ष्मदर्शक यन्त्रबाट सामान्य परीक्षण गर्ने गरिएकामा अब आधुनिक उपकरणबाट परीक्षण गर्न लागिएको र यसबाट जिल्लावासीलाई ठूलो राहत मिल्ने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताउनुभयो ।

यस उपकरणको नियमित सञ्चालन र भरपर्दो सेवा दिन आवश्यक जनशक्तिको व्यवस्था गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “भरपर्दो उपकरणले क्षरोगीको परीक्षण गर्न अब जिल्ला बाहिर जानुपर्ने बाध्यता अन्त्य भएको छ ।”

अस्पताल प्रमुख डा रत्नवीर सुनारले विगतमा सामान्य विधिबाट क्षरोगीको परीक्षण गरिएकामा अब विश्वासिलो तरवरमा परीक्षण गर्न पाउनु गौरवको विषय भएको बताउनुभयो । यो सेवा कर्णाली प्रदेशका दश जिल्लामध्ये कालीकोटसहित पाँच जिल्लामा सञ्चालन भएको छ । क्षरोगीको सङ्ख्यामा कमी आए पनि यसको प्रभावकारी परीक्षण नहँुदा सङ्ख्या कम भएको देखिए पनि अब यस उपकरणबाट परीक्षण गर्दा क्षरोगी वृद्धि हुनसक्ने अनुमान गरिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर