बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार दिनमा १८ कोरोना सङ्क्रमितको मृ त्यु — OSNepal

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार दिनमा १८ कोरोना सङ्क्रमितको मृ त्यु

LC (KTM) May 24, 2021 0

धरान, १० जेठ- यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई अस्पताल व्यवस्थापन र कोभिड सङ्क्रमितका उपचारमा विशेष ध्यान दिन यहाँका सात राजनीतिक दलका प्रतिनिधिले ध्यानाकर्षण गराएका छन् ।

उपकुलपति कार्यालय अगाडि आज एक घण्टा धर्ना दिइ उनीहरुले तत्काल अक्सिजन प्लान्ट मरमत गरी पूर्ण क्षमतामा सञ्चालन गर्न र कोरोना सङ्क्रमितका उपचारमा उच्च प्राथमिकता दिन उपकुलपति डा ज्ञानेन्द्र गिरीसँग आग्रह समेत गरेका छन् । यसरी ध्यानकर्षण गराउनुहुने पार्टीमा नेपाली काँङ्ग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, संघीय राज्य परिषद, जनमुक्ति पार्टी लगायत रहेका छन् ।

काङ्ग्रेस सुनसरीका सचिव सुजेन्द्र तामाङले सङ्क्रमितका उपचारमा प्रतिष्ठानले ध्यान नदिएको आरोप लगाउँदै उपकुलपतिले अस्पताल व्यवस्थापन गर्न नसकेको बताउनुभयो । प्रतिष्ठानमा प्रतिमिनेट १६ सय लिटर अक्सिजन उत्पादन गर्ने प्लान्ट भए पनि पूर्ण क्षमतामा सञ्चालनमा हुन सकेको छैन । प्रतिष्ठानद्वारा सञ्चालित कोभिड अस्पतालमा गत चार दिनका अबधिमा १८ बिरामीको मृ त्यु भएको थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर