सुनसरी ८ कात्तिक । अवैध लागूऔषध खैरो हेरोइनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–१४ एकम्बा बस्ने २७ वर्षीय शिवे सरदार र उनकै श्रीमती २८ वर्षीया सगुन माझी सरदार रहेका छन् ।
उनीहरुको साथबाट प्रहरीले ४१ ग्राम ५ सय ९० मिलिग्राम लागूऔषध खैरो हेरोइन, नगद १५ हजार ७ सय १० रुपैयाँ र १ थान डिजिटल काँटा सहित बरामत गरेको छ ।
विषेश सुचनाको आधारमा इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले लागूऔषध विक्रि गर्दै गर्दा लागुऔषध सहित शुक्रबार पक्राउ गरेको हो ।
उक्त लागु औधष बिक्री गर्नको लागि श्रीमती सगुनले प्लाष्टिकको पोका बनाई कोठामा लुकाई राखेको अवस्थामा थप ४१ ग्राम ३ सय ९० मिलिग्रााम उक्त लागुऔषध प्रहरीले बरामत गरेको हो ।
उनीहरुमाथि लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।