आफ्नो माग पुरा नगरेका ओलीलाई सरकारलाई विप्लवले दियो अर्को यस्तो चेतावनी — OSNepal

आफ्नो माग पुरा नगरेका ओलीलाई सरकारलाई विप्लवले दियो अर्को यस्तो चेतावनी

LC (KTM) May 24, 2021 0

काठमाडौं १० जेठ । नेपाल कम्युनिष्ट पार्टी विप्लवले नागरिकतासम्बन्धी अध्यादेश तत्काल फिर्ता लिन माग गरेको छ ।पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले एक विज्ञप्ती जारी कुर्सी जोगाउन सरकारले नागरिकतासम्बन्धी अध्यादेश ल्याएको आरोप लगाएका छन् ।

हिजो राष्ट्रपतिले विद्यादेवी भण्डारीले विद्यादेवी भण्डारीले नागरिकता सम्बन्धि (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेपछि चौतर्फी आलोचना भइरहँदा विप्लवले पनि आज एक विज्ञप्ती जारी गरी ओली सरकारले तत्काल फिर्ता लिनुपर्ने बताएका हुन् । हरेक नेपाली नागरिकले सहज ढंगले आफ्नो देशको नागरिकता पाउनु जन्मसिद्ध अधिकार भएपनि प्रधानमन्त्री केपी ओलीले आफ्नो सत्ता टिकाउन मधेसी दलको माग पुरा गरेको भन्दै आफ्नो पार्टी त्यस्ता राष्ट्रहितविपरीत कार्य नहोस् भन्दै ओलीलाई चेतावनी समेत दिएका छन् ।

जारी गरिएको विज्ञप्तीमा भनिएको छ, नागरिकताजस्तो राष्ट्रिय महत्व एवम् जनसरोकारका विषयमा निर्णय लिंदा जनमतलाई बुझ्न र विज्ञहरूको व्यापक परामर्श लिन आवश्यक हुन्छ । त्यसो गर्नुको सट्टा सरकारले आफ्नो सत्तासङ्कट टार्न, कुर्सी जोगाउन र कसैलाई खुसी पार्नका लागि मात्र यस्ता निर्णय लिन्छ भने त्यसको मूल्य सिंगो देशले चुकाउनुपर्ने हुन्छ,’ विप्लवले विज्ञप्तिमा भनेका छन्, ‘अतः हाम्रो पार्टी त्यस्ता राष्ट्रहितविपरीत कार्य नहोऊन्, त्यस्ता निर्णय खारेज गरिऊन् भन्ने चेतावनी केपी ओली सरकारलाई दिन चाहन्छ ।’

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर