ओली विरोधी प्रचण्डको नेतृत्वमा सातै प्रदेशमा अक्सिजन प्लान्ट जडान गर्ने तथा पीपीई उत्पादन गर्ने — OSNepal

ओली विरोधी प्रचण्डको नेतृत्वमा सातै प्रदेशमा अक्सिजन प्लान्ट जडान गर्ने तथा पीपीई उत्पादन गर्ने

LC (KTM) May 24, 2021 0

काठमाडौं १० जेठ । नेकपा माओवादी केन्द्रले देशभरका सातै वटा प्रदेशमा अक्सिजन प्लान्ट जडान तथा पीपीई उत्पादन गरेर वितरण गर्ने निर्णय गरेको छ । कोरोनाको यो विषम परिस्थितिमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा पार्टी संगठन परिचालन गरिने भएको हो ।

जेठ ५ र ६ गते बसेको माओवादी स्थायी कमिटी बैठकका यस्तो निणर्य भएको हो । आज एक प्रस्ताव जारी गरी यस विषयमा जानकारी गराइएको हो । प्रस्तावमा कोरोना भाइरसले गर्दा रोजगार गुमाएका र भोकमरिमा परेका नारिकहरुलाई स्थानिय गह मार्फत स्वास्थ्य र खाद्ययको विषेश व्यवस्था गर्नु पर्ने भनिएको छ ।

पारित प्रस्तावमा लेखिएको छ, ‘सरकारी र सामुदायिक अस्पतालहरूको वरिपरि सातै प्रदेशमा हाम्रो पार्टीले सातवटा अक्सिजन प्लान्ट स्थापना गरी अक्सिजन आपूर्ति सहज गर्न प्रयास गर्नेछ । यसका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय सहयोग जुटाउन नेतृत्वतहबाट विशेष पहल गरिनेछ । यसका साथै पीपीई देशभित्रै उत्पादनको सम्भावनाहरूको खोजी गरिने छ ।’माओवादीले पार्टीको नेतृत्वमा कोभिड कोष खडा गरेर निर्वाचित जनप्रतिनिधिले पाउने पारिश्रमिक वा मासिक भत्ता बुझाउनुपर्ने निर्णय गरिएको छ ।

बैठकमाबाट पारित निणर्यहरु यस्ता छन्;

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर