ईन्डियन प्रिमियर लिग आईपीएल टी ट्वान्टी क्रिकेटमा आज बाट २ नयाँ टीम थपिएका छन् । आज थपिएका २ टिम संगै अब आईपीएलमा १० टिमले प्रतिस्पर्धा गर्ने भएका छन्। २ नयाँ टीम थपिएको बारे भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले जानकारी दिएको हो । बीसीसीआईका अनुसार आगामी सिजनबाट १० टिमले प्रतिस्पर्धा गर्ने जनाएको छ। बीसीसीआईले दुई फ्रेन्चाईज टिम थप्दै आईपीएल खेल्ने १० टिम बनाएको हो ।
आईपीएलको नयाँ टिममा थपिएको टोलीमा लखनऊ र अहमदाबाद रहेको बीसीसीआईले जनाएको छ । सन्जिब गोयन्का ग्रुप आरपीएसजी ले ७,०९० करोड भारुमा लखनऊ टिम खरिद गरेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । त्यस्तै सिभिसी क्यापिटल्स पार्टनरले ५,६२५ करोड भारुमा अहमदाबाद खरीद गरेको छ । बलिउडका चर्चित जोडी दीपिका पादुकोण र रणबीर सिंहले टोली खरीदमा चासो देखाएका थिए । यस अघि आईपीएलमा ८ टोलीले प्रतिस्पर्धा गर्दै आइरहेका थिए ।