कोरोना संक्रमणबाट डिएसपी समिर खरेलको निधन — OSNepal

कोरोना संक्रमणबाट डिएसपी समिर खरेलको निधन

LC (KTM) May 24, 2021 0

काठमाडौं-कोरोनाका कारण प्रहरी नायब उपरीक्षक (डिएसपी) समिरचन्द्र खरेलको निधन भएको छ ।महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा दुई सातायता उपचार गरिरहेका उनको उपचारकै क्रममा निधन भएको हो । भेन्टिलेटरमा राखेर उपचार गराइरहेको उनको मृत्यु भएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ ।

उनी २०५८ सालमा प्रहरी निरीक्षक बनेका थिए। २०५१ सालमा प्रहरी सहायक निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका उनी बढुवाको क्रममा रहेका थिए । उनीपछिल्लो समय राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत् थिए । कोरोनाकै कारण केही दिनअघि मात्रै महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत् प्रहरी नायब उपरीक्षक राजकुमार केसीको पनि निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर