ताजिकिस्तानमा जारी एएफसी यू २३ एसियन कप छनोटको पहिलो खेलमा नेपाल इरान संग पराजित भएको छ । आज भएको खेलमा नेपाल बलियो टिम इरानसँग चार शुन्य गोल अन्तरले पराजित भएको हो । इरान जस्तो शक्तिशाली टीम लाई पहिलो हाफमा बराबरीमा रोकेको नेपाल दोस्रो हाफमा निरिह देखिएको थियो । इरानले ४ गोल नै दोस्रो हाफमा गरेको थियो । समुह बी मा रहेको नेपालले पहिलो खेलमा नै पराजय भोग्नु परेको छ ।
जितसँगै यस समुह बाट इरानले ३ अंक जोड्न सफल भएको छ । यो जित संगै इरान समूहको शीर्ष स्थानमा रहेको छ । नेपालले आफ्नो दोस्रो खेलमा ताजिकिस्तानसँग बिहीबार प्रतिस्पर्धा गर्ने तालिका रहेको छ । त्यस्तै अन्तिम खेलमा नेपालले लेबनानसँग आगामी आइतबार खेल्नेछ । समूहको शीर्ष टोलीले एएफसी यू २३ एसियन कप खेल्नेछन् ।