७ हजार ४२५ जनामा संक्रमण पुष्टि हुँदा ७ हजार १३५ जनाले जिते कोरोना — OSNepal

७ हजार ४२५ जनामा संक्रमण पुष्टि हुँदा ७ हजार १३५ जनाले जिते कोरोना

LC (KTM) May 24, 2021 0

काठमाडौं १० । जेठ पछिल्लो २४ घण्टामा नेपालमा पीसीआर विधिबाट १९ हजार ८४६ र एन्टिजेन विधिबाट ६०७ जनाको परीक्षण गर्दा ७ हजार ४२५ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख २० हजार नाघेको छ भने निको हुनेको संख्या ३ लाख ९८ हजार ४८३ पुगेको छ ।

हाल देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ४४७ पुगेको छ । हाल देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ४४७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७ हजार १३५ जना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज थप १८५ जना संक्रमितले भने ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ६ हजार ५३१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर