देशभर ७७६ जनाका संक्रमण पुष्टि हुँदा कुन जिल्लामा कति संक्रमति थपिए ? — OSNepal

देशभर ७७६ जनाका संक्रमण पुष्टि हुँदा कुन जिल्लामा कति संक्रमति थपिए ?

LC (KTM) October 25, 2021 0

काठमाडौं ८ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप ७७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ८ हजार २ सय ८४ जनाको पीसीआर परीक्षण गर्दा ६७३ जना र २ हजार ५८० जनाको एन्टिजेन परीक्षण गर्दा १०३ गरी ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै हाल सम्म नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ९ हजार ७२९ पुगेको छ ।हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ३६० जना रहेको मन्त्रालयले जनाएको छ ।

यस्तैगरी, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १३ जनाले ज्यान गुमाएका छन् भने ५०१ जना संक्रमणमुक्त भएका छन् ।

संक्रमतिमध्ये सबैभन्दा धेरै काठमाडौंमा १८५ जना संक्रमितको पुष्टि भएको छ । त्यसैगरी अन्यमा जिल्लामा , झापामा ७८, कास्कीमा ६६, चितवनमा ६४, मोरङमा ६१ जान , ललितपुरमा ३३, रुपन्देहीमा २५, मकवानपुरमा १७, सुनसरीमा १३ र नवलपरासी पश्चिममा १२ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर