स्वास्थ्यमन्त्री भन्छन् कोरोना संक्रमणको दर अपेक्षाकृत रुपमा कम हुन सकेन् आगामी चार सातामा संक्रमण क्रमश घट्छ — OSNepal

स्वास्थ्यमन्त्री भन्छन् कोरोना संक्रमणको दर अपेक्षाकृत रुपमा कम हुन सकेन् आगामी चार सातामा संक्रमण क्रमश घट्छ

LC (KTM) May 24, 2021 0

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले आगामी चार सातामा संक्रमण क्रमश घट्दै जाने बताएका छन् । सोमबार पत्रकार सम्मेलन गरी बोल्दै मन्त्री त्रिपाठीले कोरोना संक्रमणको दर अपेक्षाकृत रुपमा कम नभएको बताएका छन् ।

त्रिपाठीले व्यक्तिहरुको आवतजावतमा प्रभावकारी नियन्त्रणमा नआएका कारण र केही सेवा सुचारु रहेकाले पनि संक्रमण दर अपेक्षाकृत रुपमा नियन्त्रणमा आउन नसकेको बताएका छन् ।

पछिल्लो एक साताको तथ्यांक हेर्दा औसतमा दैनिक २० हजार नमुना परीक्षण गर्दा ८ हजार ३०० जनामा संक्रमण पुष्टि हुने गरेको छ ।अहिले बी १।६१७।२ भेरियन्ट मुख्य रुपमा फैलिएको छ, जसलाई भारतीय भेरियन्ट पनि भनिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर