लुम्बिनी प्रदेश : मुख्यमन्त्री पोखरेलको नियुक्तिदेखि सांसदहरुको हस्ताक्षरसम्मका कागजपत्रको माग — OSNepal

लुम्बिनी प्रदेश : मुख्यमन्त्री पोखरेलको नियुक्तिदेखि सांसदहरुको हस्ताक्षरसम्मका कागजपत्रको माग

LC (KTM) May 24, 2021 0

रुपन्देही १० जेठ । लुम्बिनी प्रदेशसभामा विपक्षी गठबन्धनका सांसदहरुले मुख्यमन्त्री शंकर पोखरेलको नियुक्तिदेखि सांसदहरुको हस्ताक्षरसम्मका कागजपत्र प्रदेश प्रमुखको कार्यालय समक्ष माग गरेका छन् ।नेपाली कांग्रेस संसदीय दलकी सचेतक निर्मला क्षेत्री, माओवादी सचेतक पार्वती पुन, जसपा सचेतक पुर्मति ढेंगा र राजमोका सांसद तारा जिसीले प्रदेश प्रमुखको कार्यालयमा पुगेर मुख्यमन्त्री पोखरेलले दिएको राजीनामासहितका अन्य कागजपत्र माग सहित निवेदन दर्ता गराएका हुन् ।

काँग्रेस सचेतक निर्मला क्षेत्रीले बताए अनुसार संविधानको धारा २७ र सूचनाको हक सम्बन्धी दफा ३ बमोजिम निवेदन दिइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर