पाँचथरको फिदिममा ६५ जना यात्रु बोकेको बस दुर्घटना, दुई जनाको मृत्यु , १५ भन्दा बढीको अवस्था चिन्ताजनक — OSNepal

पाँचथरको फिदिममा ६५ जना यात्रु बोकेको बस दुर्घटना, दुई जनाको मृत्यु , १५ भन्दा बढीको अवस्था चिन्ताजनक

LC (KTM) October 25, 2021 0

काठमाडौं ८ कात्तिक । पाँचथरको फिदिममा को १ ख ३८६५ नम्बरको बस दुर्घटना हुदा दूई जनाको ज्यान गएको छ भने ६३ जना घाइते भएका छन् ।

दुर्घटनामा परि गम्भिर घाइते भएका एक बालक र एक महिलाको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

फिदिम नगरपालिका–४ सिवादोभानबाट झापाका लागि छुटेको उक्त बस अर्को सवारीसाधनलाई ओभरटेक गर्नेक्रममा सडकको डिलबाट १० मिटर तल खोंचमा खसेको हो ।

घाइते सबैलाई पाँचथर जिल्ला अस्पताल, समर्पित अस्पताल र पाथीभरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ४४ जना क्षमताको भएको एक्त बसमा ६५ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।

घाइते मध्ये १५ जना भन्दा बढीकमो अवस्था चिन्ताजनक रहेको पनि प्रहरीले जनाएको छ । बसमा सवार अधिकांश यात्रु कुम्मायक गाउँपालिकाका रहेका बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर