काठमाडौं ८ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अपरान्ह्र ४ बजै बस्ने भएको हो ।
बाढी पहिरोबाट क्षति पुगेको सुदुरपश्चिम प्रदेश भ्रमण सकाएर आए लगत्तै देउवाले आज मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।
सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले दिएको जानकारी अनुसार आजको बैठकमा बाढी–पहिरो पीडितलाई राहत व्याकेजको निणर्य गरिने भएको छ ।
साथै बैठकमा नियमित काम कारवाहीको विषयमा पनि छलफल हुने बताइएको छ ।