जनमत पार्टीको भ्रष्टाचार र बेतिथिविरुद्धको पहिलो आन्दोलनको आजबाट सुरु, साताव्यापी आन्दोलनको यस्तो छ कार्यतालिका — OSNepal

जनमत पार्टीको भ्रष्टाचार र बेतिथिविरुद्धको पहिलो आन्दोलनको आजबाट सुरु, साताव्यापी आन्दोलनको यस्तो छ कार्यतालिका

LC (KTM) October 25, 2021 0

काठमाडौं ८ कात्तिक । डा। सीके राउत नेतृत्वको जनमत पार्टीले भ्रष्टाचार र बेतिथिविरुद्धको पहिलो आन्दोलन आजबाट सुरु गर्ने भएको छ । जनात पार्टीको केन्द्रिय कार्यकारीणीको बैठकले साता व्यापी आन्दोलनको घोषणा गरेको हो ।

आज सोमबारबाट सुरु हुने पहिलो चरणको आन्दोलन जिल्ला सदरमुकामहरुमा सिटी जुलुस, ९ गते पालिकामा मोटरसाइकल र्‍याली, १० गते वडामा कोणसभा र मसाल जुलुस, ११ गते वडामा युवा दस्ता प्रशिक्षण र कात्तिक १२ गते जिल्ला सदरमुकाममा मसाल जुलुसलगायत गरिने जनाइएको छ ।

साताव्यापी आन्दोलनका लागि पार्टीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला प्रशासन कार्यालय धनुषा र जिल्ला प्रहरी कार्यालय धनुषालाई जानकारी गराइसकेको छ ।

केहि दिन अगाडी मात्र जनमत पार्टीका कार्यकर्ताले भ्रष्टचारको आरोप लगाउँदै जनकपुरधामस्थित संघीय खानेपानी तथा ढल निकास आयोजनाको कर्मचारी राजेश्वर कुशवाहालाई अर्धनग्न पारेर बजार घुमाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर