संसद विघटनविरुद्ध सर्वोच्चमा दायर भएको रिटमा यस्तो भनिएको छ: — OSNepal

संसद विघटनविरुद्ध सर्वोच्चमा दायर भएको रिटमा यस्तो भनिएको छ:

LC (KTM) May 24, 2021 0

काठमाडौँ १० जेठ । बहुमतको सरकार बनाउन माग गर्दै आज १४६ सांसदहरुको हस्ताक्षरसहित संसद विघटन विरुद्ध सर्वोच्चमा रिट दायर भएको छ । पाँच दलको नेतृत्वमा हस्ताक्षर संकलन गरी दायर गरिएको रिटमा भनिएको छ , संसद विघटन गर्न सिफारिस गर्ने मन्त्रिपरिषको निर्णय खारेज गनुपर्ने , संसद अधिवेशनको मिति तोक्नुपर्ने ,संविधानको धारा ७६९५० अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, एमाले नेपाल समूह, जसपाको भट्टराई–यादव समूह र जनमोर्चाका सांसदले हस्ताक्षर गरेर सांसदहरु अदालत पुगेर रिट दायर गरेका हुन् । राष्ट्रपतिले जेठ ७ गते मध्यराति संसद विघटन गरी चुनावको घोषणा गर्नु असंवैधानिक भएको पाँच दलले निष्कर्ष निकालेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर