सर्वोच्च अदालतमा न्यायाधीशहरुको भेला सुरु — OSNepal

सर्वोच्च अदालतमा न्यायाधीशहरुको भेला सुरु

LC (KTM) October 25, 2021 0

काठमाडौं ८ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले आज दिउँसो बोलाएको फुलकोर्ट बैठक बहिष्कार गरेका १४ न्यायाधीशहरुको भेला सर्वोच्च अदालतमा सुरु भएको छ ।

मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीश जबराले भागवण्डा खोजपछि चौतर्फी आलोचना खेपेका जबराले आज नेपाल बार एशोसिएसनका पदाधिकारीहरुसँगको सहमतिमा फुलकोर्ट बैठक बोलाएका हुन् ।

तथापी, १४ न्यायाधीशले भने फुलकोर्ट वहिष्कार गर्ने बताइसकेका छन् । अब यो अवस्थामा फुलकोटै बस्ने यो नबस्ने अन्योलमा सिर्जना भएको छ ।

आज जवराले बोलाएको फुलकोर्ट बैठक न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरि फुयाँल, मनोजकुमार शर्मा र नहकुल सुवेदी लगायतले वहिष्कार गर्ने भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर