महान्यायाधिवक्ता बडालको प्रश्न : संविधानमा भएको व्यवस्थालाई अध्यादेशमा ल्याउँदा कसरी राष्ट्रघात भयो ? — OSNepal

महान्यायाधिवक्ता बडालको प्रश्न : संविधानमा भएको व्यवस्थालाई अध्यादेशमा ल्याउँदा कसरी राष्ट्रघात भयो ?

LC (KTM) May 24, 2021 0

काठमाडौँ १० जेठ । महान्यायाधिवक्ता रमेश बडालले संविधानको धारा ११ भएको कुरा जस्ताको तस्तै अध्यादेशमा ल्याउँदा कसरी राष्ट्रघात भयो भने र प्रश्न गरेका छन् । हिजो राष्ट्रिपतिबाट जारी गरिएको नागरिकता सम्बन्धि अध्यादेशको विषयमा चौतर्फी टिका टिप्पणी भइरहँदा महान्यायाधिवक्ता बडाल संविधानको व्यवस्थमा भएको अध्यादेश जारी गर्दा कसरी राष्ट्रघात भयो भनेर प्रश्न गरेका हुन् ।

आज पत्रकार सम्मेलन गर्दै महान्यायाधिवक्ता बडालले भने , संविधानमा जसले नागरिकता पाउँछ भनिएको छ, अदालतले त्यो व्यक्तिलाई नागरिकता दे भनेको छ । त्यही व्यवस्था अध्यादेशबाट ल्याउँदा संविधानको कार्यान्वयन गरिएको हो । यसभन्दा बाहेक एक अक्षर तलमाथि गरिएको छैन ।’ संविधानमा व्यवस्था भएअनुसार कतै दायाँ बायाँ नभएको भन्दै बडालले भने ,वैवाहिक अंगीकृतको विषयमा संसदमा भएको विधेयकमा विवाद भएकाले अहिले अध्यादेशमा त्यो विषय समावेश नगरेको उनले बताए ।

‘यो संविधानमा भएको व्यवस्था भन्दा दायाँबायाँ गएको छैन, अदालतको आदेशभन्दा दायाँबाया गएको छैन’संविधानको मर्म, सर्वोच्च अदालतको विभिन्न मितिमा भएका फैसला कार्यान्वयनको सिलसिलामा अध्यादेश ल्याइएको बडालले बताएका छन् ।उनले भने, ‘थुप्रै नेपाली नागरिक अदालतमा गइसकेपछि चाहिँ नागरिकता पाउने, अदालत नगएसम्म नागरिकता नपाउने स्थितिलाई अन्त्य गर्नका लागि हामीले पहल गरेका हौं र हामीले रिक्वेस्ट गरेका हौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर