अमेरिकाले अनुदान दिएको कोभिडबिरुद्धको फाइजर खोप नेपाल आइपुग्यो, सुरुमा १२ वर्षमाथिका दीर्घ रोगीलाई लगाइने — OSNepal

अमेरिकाले अनुदान दिएको कोभिडबिरुद्धको फाइजर खोप नेपाल आइपुग्यो, सुरुमा १२ वर्षमाथिका दीर्घ रोगीलाई लगाइने

LC (KTM) October 25, 2021 0

काठमाडौं, ८ कात्तिक-अमेरिकी सरकारले अनुदानमा उपलब्ध गराएको एक लाख ६२० डोज कोभिड खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)मार्फत उपलब्ध गराइएको फाइजर खोप कतार एअरवेजको विमानबाट सोमबार बिहान काठमाडौं आइपुगेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

फाइजर खोप एक महिनाको अवधिमा दुई डोज लगाउनुपर्नेछ । अनुदानमा आएको खोप सुरुमा १२ वर्षमाथिका दीर्घ रोगीलाई लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर