स्वेच्छाचारी कार्यकारी भएपछि पटक पटक न्यायालय आउनुपर्यो : गगन थापा — OSNepal

स्वेच्छाचारी कार्यकारी भएपछि पटक पटक न्यायालय आउनुपर्यो : गगन थापा

LC (KTM) May 24, 2021 0

काठमाडौँ १० जेठ । नेपाली कांग्रेसका नेता गगन थापाले सर्वोच्चले हाम्रो संवैधानिक हकमा दायाँबायाँ केही गर्दैन भन्ने विश्वास भएको बताएका छन् । संसद पुर्नस्थापनासँगै शेरबहादुर देउवालाई बहुमतको प्रधानमन्त्री बनाउन माग गर्दै १४६ सांसदहरुको हस्ताक्षरसहित आज थापा सर्वोच्च अदालत पुगेका हुन् ।

‘यस्तो संविधानविरोधी, गैरजिम्मेवार, अयोग्य, अहंकारी प्रधानमन्त्री प्राप्त गर्नुपर्ला भन्ने कल्पना थिएन’ उनले भने, ‘स्वेच्छाचारी कार्यकारी भएपछि पटक पटक न्यायालय आउनुपर्‍यो ।’
उनले भने । थापाले ५४ प्रतिशत सदस्य सर्वोच्च आएकाले ओलीको दावी गलत हुने दावी समेत गरेका छन् । गत वर्ष संसद विघटनको मुद्दामा गरेको संविधानको ब्याख्याका आधारमा फेरि संसद पुनर्थापना हुने थापाको विश्वास रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर