काठमाडौँ । राधे नचलेपछि सलमान खान यतिबेला तनावमा छन् । नायक सलमान खानको पछिल्लो चलचित्र ‘राधे’ले दर्शकको मन त जित्न सकेन सकेन उसले सबैभन्दा कम रेटिङ पायो । यद्यपी उनले आफ्नो निर्माण र अभिनयलार्य भने निरन्तर जोश र जाँगरका साथ अघि बढाइरहेका छन् ।
चलचित्र ‘टाइगर ३’मा सलमाका अलावा नायिका कट्रिना कैफ र नायक इमरान हाश्मी पनि मुख्य भूमिकामा देखिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । चलचित्रको छायांकन जुन महिनाबाट सुरु हुने बताइएको छ ।
‘टाइगर ३’मा इमरान पाकिस्तानी एजेन्टको भूमिकामा छन् । मनिष शर्माको निर्देशनमा बनिरहेको यो चलचित्रमा सलमान र इमरानविचको टकरावलाई देखाइएको छ । जसको निर्माण आदित्य चोपडाले गरेका हुन् ।