आज देशका यि स्थानमा मेघगर्जनसहित पानी पर्ने, सर्तक रहन आग्रह — OSNepal

आज देशका यि स्थानमा मेघगर्जनसहित पानी पर्ने, सर्तक रहन आग्रह

LC (KTM) October 25, 2021 0

काठमाडौं । सोमबार देशको पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली र बाकी भू(भागमा आंशिक बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको सामान्य प्रभाव रहेको छ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ। प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बांकी प्रदेशका एक(दुई स्थानमा मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै आज राति पनि देशभर आंशिक देखि सामान्य बदली रहने छ। गण्डकी, बागमती र प्रदेश नं १ का एक दुई स्थानमा मेघगर्जनसहित हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ ।

प्रदेश नं १ , बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर