सगरमाथा क्षेत्रमा दुई वर्षअघि मृ त्यु भएका आरोहीको शव भेटियो — OSNepal

सगरमाथा क्षेत्रमा दुई वर्षअघि मृ त्यु भएका आरोहीको शव भेटियो

LC (KTM) May 24, 2021 0

सोलुखुम्बु, १० जेठ- सगरमाथा क्षेत्रमा दुई वर्षअघि मृत्यु भएका अमेरिकन नागरिकको शव भेटिएको छ । विसं २०७६ जेठ १३ गते आरोहण सकेर फर्कने क्रममा मृ त्यु भएका क्रिस्टोफर जोन कुलिशको शव शनिबार भेटिएको प्रहरीले जनाएको छ ।

मृ त्यु भएको समयमा उनको उद्धारका लागि मौसम अनुकूल नहँुदा सोही स्थानमा छाडिएको थियो । वसन्त याममा आरोहण सकेर फर्कने आरोहीको समूहले उद्धार गरी उक्त शवलाई क्याम्प २ मा ल्याएर राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कवित कटवालले जानकारी दिनुभयो । अहिले त्यहाँबाट हेलिकोप्टरमार्फत उद्धारको प्रयास भइरहेको बताइएको छ ।

राहदानी नं ५०९६५१०६२ भएका ६१ वर्षीय कुलिशको क्याम्प ४ मा हृदयाघातका कारण मृ त्यु भएको प्रहरीले जनाएको छ । उनी ट्याग नेपाल ट्रेकिङ कम्पनीमार्फत १४ जनाको समूहमा सगरमाथा आरोहणमा गएका थिए । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर