प्रधानन्यायाधिश जवराले आफूलाई जोगाउन हामीलाई मोहरा बनाउन खोजेको भन्दै यी १४ न्यायाधिशले गरे फुलकोर्ट बैठक वहिष्कार — OSNepal

प्रधानन्यायाधिश जवराले आफूलाई जोगाउन हामीलाई मोहरा बनाउन खोजेको भन्दै यी १४ न्यायाधिशले गरे फुलकोर्ट बैठक वहिष्कार

LC (KTM) October 24, 2021 0

काठमाडौं ७ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबार बोलाएको फुलकोर्ट बैठकमा १४ न्यायाधिश सहभागी नहुने भएका छन् । जबराले नेपाल बार एशोशिएसनसहित बोलाएको फूलकोर्ट अधिकांश न्यायाधीशहरुले बहिष्कार गर्ने निर्णय गरेका हुन् ।

आज जवराले बोलाएको न्यायाधीशसहितको बैठकमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरि फुयाँल, मनोजकुमार शर्मा र नहकुल सुवेदी सहभागी भएका थिए ।

यी सबै न्यायधीशले भोलीको फूलकोर्ट बैठक वष्हिकार गर्ने निणर्य गरेका हुन् । न्यायाधीश ईश्वरप्रसाद खतिवडा अमेरिका भ्रमणमा र न्यायाधीशहरु कुमार सिन्हा, सपना प्रधान मल्ल, तेजबहादुर केसी र कुमार चुडाल काठमाडौ बाहिर भएकाले अनुपस्थित भए । जवारका भुमिका माथि अदालतमा नै शंका उठेपछि उनीमाथि शंका उठेको छ ।

एक न्यायाधिशले बताए अनुसार अनेक प्रपञ्च अन्तर्गत मूल विषयवस्तुलाई ओझेलमा पार्न वैठक डाकिएको तथा न्यायिक नेतृत्वले आफूलाई जोगाउन हामीलाई मोहरा बनाउन खोजेको भन्दै बैठक वहिष्कार गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर