अनुसा थापा
कोरोनाको जोखिम अझै पनि कायम नै छ । विज्ञहरुले समेत कोरोना अझै एकवर्ष लम्बिन सक्ने निष्कर्ष निकालेको छ । स्वास्थ्य मन्त्रालयले दिनपिच्छे कोरोना संक्रमित र मृत्युदरको विवरण सार्वजनिक गर्छ । अहिले कोरोना परीक्षण गर्नेहरुको संख्यामा कमी आइसकेको छ । महानगरपालिकाले पनि पिसिआर टेष्ट गरेको छैन् । त्यसैले पनि नेपालमा कोरोना संक्रमितको दरमा केही कमी आएको हो । सरकारले कोरोना आफ्ना मुलुकको नागरिकको लागि बनाएको मापदण्ड कसैले पनि पालना गरेको देखिदैन् । यसमा व्यवसायीदेखि लिएर सर्वसाधारणहरुको पनि गिन्ती हुन्छ । नियम बनाउने र त्यत्तिकै छाड्ने काम गरिएको छ । कतैपनि अनुगमन भएको छैन् । स्वास्थ्य मन्त्रालय गृह मन्त्रालयतिर औला तेस्याउदै आफु त्यसबाट पन्छिन खोजिरहेको प्रष्ट देखिन्छ । कोरोना अहिलेपनि हटिसकेको छैन् । दिनमा पन्ध्र जनाले ज्यान गुमाइरहेको छन् ।
दिनमा यत्रो नागरिकले ज्यान गुमाउदाँ पनि सरकारलाई स्वीकार भइरहेको छ । गृह मन्त्रालय पनि अनुगमन नगर्ने नै हो भनेर हात बाधेर बसेको छ । स्वास्थ्य मन्त्रालयलाई जनता मरेपनि कुनै मतलब छैन् । यता, जनता दिनौ मरेको मप्यै छन् । स्वास्थ्य मन्त्रालयलाई सरकारको बजेट सिद्धयाउन हतारो भइरहेको छ । त्यसैले पनि जनताको विषयमा सोच्ने फुसैद पाएको छैनन् । कसलाई ठेक्कामा दिदाँ बढी कमिशन आँउछ स्वास्थ्यमन्त्री त्यतैतिर भागदौडमा व्यस्त छन् । केहीदिन अघि एक कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले आफ्ना मन्त्रीहरुलाई जाँड नखान निर्देशन दिएका थिए । यस्तो बेलामा जनताको बचाऊ गर्नतर्फ निर्देशन दिने कि जाँड नखान भन्ने ? आफ्ना पार्टीका मन्त्रीहरु जाँड खाने जडिया रहेछन् भन्ने कुरा माधव नेपालले नै स्पष्ट पारे । जनताले पनि माधव नेपालको पार्टीलाई निकै राम्रोसंग चिने ।
जनताको काम छिटो गर्नुस्, भ्रष्ट्रचार नगर्नु, तलब भत्ताको त्याग गरेर जनताको लागि काम गर्नुस् भन्नुको साटो जाड नखानुस् भन्ने निर्देशन दिदाँ अलिकति सोच्न पर्दैन् । यस्ता नेताहरुले पनि देशको विकास गर्लान् भनेर कल्पना समेत गर्न सकिन्न । आफ्नै पार्टी फुटाएर मन्त्री भएकाहरुलाई जनता र राष्ट्र्को भन्दा पनि पद र पैसाको लोभ छ । अहिले देखाएको हाइफाइ काम कतिञ्जेल हो कसैलाई अत्तोपत्तो छैन् । यिनीहरुले जनताले सोचेअनुरुप काम गर्न सकेनन् भने अर्को चुनावमा यसको नतिजा देख्छन् । स्वास्थ्यमन्त्री आएका यत्रोदिन दिन भइसक्यो । तर पनि कोरोना नियन्त्रण गर्न कुनै योजना ल्याउन सकेको छैनन् । काम गरेर होइन् विरोध गरेर पार्टी फुटाएर मन्त्री भएकाहरुले देशको लागि केही गर्न सक्लान् ? जनतालाई समेत शंका लागिसकेको छ । मधव नेपाल पार्टीको खुनखार विरोधी मन्त्रीहरुमा पर्छन् विरोध खतिवडा र रामकुमारी झाक्री । देशलाई विरोध होइन् विकास चाहिएको छ । विरोध गरेरै देश चलाउछु जनताको आँखामा पर्दा हाल्छु भनेर नसोच्दा नै बेस हुन्छ । अबको चुनाव आउन पनि धेरै समय बाँकी छैन् ।
यो बिचमा विभिन्न पार्टीबाट सरकारमा गएका मन्त्रीले काम गर्न सकेनन् भने अर्कोचाटि देख्छन् । काम नै नगरि तलबभत्ता खानेहरुलाई त जनताले राम्रोसंग चिन्छन् । त्यस्ता मन्त्रीहरुलाई अब जनताले नै सबक सिकाउनुपर्छ । जनताको बाँच्ने अधिकार सुरक्षित गर्नुपर्ने ठाँउमा सरकारी गाडी चढेर, हुँदो न खादोको भाषण दिएर हिड्नको लागि लाज लाग्दैन् । यिनीहरुमा देश र आफ्ना नागरिकप्रति अलिकति पनि माया छैन् । पैसा र पद भए पुग्ने हो ? कोरोना संकमण भएर मर्नेको संख्या घटेको छैन । तैपनि त्यतातिर यिनीहरुको आँखा पुग्दैन् । बजारमा कसैले पनि स्वास्थ्य मापदण्डको पालना गरेको छैनन् ।
अनुगमन त शुन्य बराबर नै छ । हरेक व्यवसायी सञ्चालन गर्न सरकारले मापदण्ड बनाएको छ । तर सबै व्यवसायीले अटेर गरेको छन् । उपत्यकाका तिन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु कुर्सी ढाक्ने र तलब खाने काम मात्र गरिरहेको छन् ।
यिनीहरुले गर्दा कोरोना र कालोबजारीले आकाश छुनै लाग्यो । दशैंको बेलामा व्यापारीले जनता ठग्दा यि तिन जिल्लाका सिडियोहरुले बजारमा आएर अनुगमन गरेको कहँी पनि भेटिएन् । सार्वजनिक यातायातहरुले भेडाबाख्रा कोचे झै यात्रु कोचेका थिए । तर सम्बन्धित निकायहरुले बेखबर झै बसिरहेको छ । यसरी छाडा छोडिदिदाँ व्यवसायीहरुको मनोबल बढ्यो । उपत्यकाका तिन जिल्लाका सिडियोहरु दशैंको अवधिभर बजार अनुगमन गर्न निस्किएनन् । बजार अनुगमन गर्न जान यिनीहरुलाई लाज लाग्दो रहेछ । एसिमा बस्ने, सरकारी गाडी चढ्ने बानी भएकाहरु कँहा चर्को घाममा पैदल यात्रा गर्छन् । बजारमा अधिकांशले मास्क लगाउन छोडिसकेको छन् । अंकमाल गरेर हिड्ने पनि त्यत्तिकै छन् । सामाजिक दुरी त अलि परकै कुरा भयो । स्वास्थ्य मन्त्रालय अहिले पनि कोरोनाको जोखिम कायम नै छ भनेर सुचना निकाल्छ । तर गृह मन्त्रालयले बजारमा अनुगमन टोली खटाउदैन् । गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालय मिलेर जनता मार्न खोजेको हो ? उपत्यकाको चोकचोकमा यत्रो भीडभाड छ । मेला, कार्यक्रम, समारोह गर्नबाट पनि रोक लगाइएको छ । जात्रा गर्नेहरु गरेको गप्यै छन् ।
यत्रो उदाहरण आफ्नै आँखाको सामु देख्दा पनि सम्बन्धित निकाय लाचार भएको छ । दशैंमा घर गएका मानिसहरु मनलाग्दी रुपमा आए । तिनीहरु कोरोना परीक्षण पनि गराइएन् । यस्ता काम गर्न नसक्ने तीन जिल्लाको सिडियोलाई तुरुन्त सरुवा गर्नुपर्छ भन्ने जनताको माग रहेको छ ।
जोसंग आँट, जाँगर र काम गरेर देखाउने सक्ने क्षमता छ त्यस्तालाई मात्र सिडियो बनाउँदा ठिक हुन्छ । बेकारमा जनताले कर किन खेर फाल्ने ? सरकारी गाडी चढ्ने र हिटर ताप्ने काम मात्र भइरहेको छ ।
सरकारले अनुगमन नगर्दा व्यापारीहरुले आफ्नो मनोमानी चलाएको छन् । बीस रुपिँयाको सामान पचासमा बेचेका छन् । तौल कम शुल्क डबल । जनता त भोकभोकै मर्नुपर्ने स्थिति आइसकेको छ । यता, रात्रिकालिन व्यवसायीलाई पनि रातभरि सञ्चालन गर्न दिएको छन् । व्यापारी र सिडियोहरुको गहिरो सम्बन्धको कारण पनि जनता मारमा परेको छन् । दशैंमा अलिकति पनि अनुगमन भएन् जसको कारण सवारी दुर्घटनामा परेर त्यत्रो सर्वसाधारणले अकालमा आफ्नो ज्यान गुमाए । कारण के थियो सिटभन्दा बढी यात्रुको संख्या । उपत्यकाका सिडियो र गृह मन्त्रालयले छाती ठोकेर भनेका थिए हामीले कडा अनुगमन गरेको छौ । अनुगमन भनेको जनता मार्नु हो ? अब स्वास्थ्य मन्त्रालयले पनि दिनौ कोरोना संक्रमित र मृत्युदरको तथ्याड.क सार्वजनिक गर्न छोडिदिए हुन्छ । आखिरी अनुगमन गर्ने होइन ।