होम आइसोलेसनमा बसिरहेका सङ्क्रमितहरूलाई औषधि वितरण — OSNepal

होम आइसोलेसनमा बसिरहेका सङ्क्रमितहरूलाई औषधि वितरण

LC (KTM) May 24, 2021 0

धनगढी, १० जेठ – नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोनाको सङ्क्रमण बढ्न थालेपछि कैलालीको कैलारी गाउँपालिकाले अहिले गाउँ–गाउँ पुगेर होम आइसोलेसनमा बसिरहेका सङ्क्रमितहरूलाई औषधि वितरण गरिरहेको छ । सङ्क्रमण बढेपछि गाउँपालिकाले गाउँ–गाउँमा स्वास्थ्यकर्मी खटाएर सङ्क्रमितलाई लक्षण अनुसार विभिन्न औषधि निःशुल्क रूपमा प्रदान गर्दै आएको गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी बताउनुभएको छ ।

“स्वास्थ्यकर्मीसँगै हामीले जनप्रतिनिधिलाई पनि पठाउने गरेका छौ,” चौधरीले भन्नुभयो । सङ्क्रमण देखिएकाहरू बाहेक कोरोनाका लक्षण देखिएका बिरामीहरू पनि स्थानीय मेडिकलमा टाइफाइड भन्दै औषधि लिन जान थालेपछि अझै चिन्ता थपिएको उहाँको भनाइ छ । चौधरीले भन्नुभयो, “अहिले ‘गाउँपालिकाले औषधि दिन थालेपछि बिरामीहरू स्थानीय मेडिकलमा जाने र जथाभाबी एन्टिबायोटिक औषधि लिएर खाने क्रम धेरै हदसम्म घटेको छ ।”

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र सापकोटाले जथाभावी औषधि किनेर नखान आग्रह गरिएको बताउँदै पहिले कोरोना परीक्षण गरेर मात्रै अन्य उपचार गर्नु पर्छ भनेर हामीले सम्झाउने गरेका छौँ भन्नुभयो । गाउँपालिकाको कार्यालयले एन्टिजेन विधिबाट गाउँपालिकामै परीक्षण गर्नुका साथै पिसिआर परीक्षणका लागि हप्तामा दुई दिन स्वाब सङ्कलन गर्दै आएको सापकोटाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर