विजय थापा -अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको मनासस शहरमा सम्पन्न बृहत दशैँ तिहार मेला २०२१ वरिष्ठ कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठलाई सम्मान गरिएको छ । गत अक्टोबर २३ शनिबारका दिन आयोजना भएको उक्त कार्यक्रममा भ्वाइस अफ नेपाल ३ का बिजेता किरण गजमेर तथा चर्चित गायक तथा नायक बाबु बोगटी लगायतले दर्शकलाई नचाएका छन। साथै दर्शकहरुले कलाकारहरुले प्रस्तुत गरेका गीतहरुमा साथ दिदै झुम्दै नाचेका र रमाउन सम्म रमाएका थिए ।
वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठले उहाले यस क्षेत्रमा पुर्याउनु भएको योगदानको उच्च कदर गर्ने इनास भर्जिनिया तथा नेपाली अमेरिकन सामुदायिक केन्द्र(न्याक )ले सयुक्त रुपमा सम्मान गरेको हो । सम्मान गरे पछि न्याकका अध्यक्ष चिकित्सक मदन उप्रेती तथा ईनास अमेरिकाका सभापति कन्हैया सिंह परियारले उहा जस्तो इतिहास बोकेको व्यक्तिलाई सम्मान गर्न पाउदा गौरव लागेको बताएका थिए । ईनास भर्जिनियाका सभापति कलाकार राहुल केसीले पनि मदन कृष्ण श्रेष्ठलाई सम्मान गर्न पाउदा अत्यन्तै खुसी लागेको बताएका थिए ।
सम्मान भए पछि आयोजकलाई धन्यबाद दिदै मदन कृष्ण श्रेष्ठले आफू डेमोक्रेटिक(प्रजातान्त्रिक)हु र तपाईहरु यो देशमा भएकोमा तपाईहरुले गर्व गर्नु पर्छ भने । दर्शकहरुको अनुरोधलाई स्वीकार गर्दै आफूले हालसालै गाएको फुलबुट्टे सारी गीत गाउदा दर्शकले साथ दिएका थिए । उनले आफ्ना सबै परिवारलाई कोरोना लागेको चर्चा गर्दै तपाईहरुले दिनु भएको हौशला र मायाले म छिटो कोरोनाबाट निको हुन् सकेको बताए ।
उनकी सुपुत्री गायिका तथा निर्देशक सराना श्रेष्ठले पनि नया गीत प्रस्तुति गरेकी थिइन् । युवा गायक किरण गजमेर तथा चर्चित गायक बाबु बोगटीले ३-४ वटा गीत प्रस्तुत गरेका थिए । गजमेर र बोगटीले दुवैले झुम्ने खालका गीत प्रस्तुत गर्दै दर्शकलाई सुरु देखि नै आफू संगै नचाएका थिए । दर्शकहरु आफै मंच नजिक पुगेर साथ दिएका थिए । गजमेरले तपाईहरुको माया स्नेहले म भ्वाइस अफ नेपाल ३ को बिजेता हुन् सके यो सबै तपाईहरुको आशिर्बाद र प्रेमको कारण भयो भने । बोगटीले २ बर्ष सम्म कोरोनाको महामारीमा पछि लामो समय पछि कार्यक्रममा आफू सहभागी हुन् पाउँदा हर्ष लागेको भन्दै आयोजक र बिशेष इनास भर्जिनियाका राहुल केसीलाई धन्यवाद दिएका थिए ।
कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास )भर्जिनिया तथा नेपाली अमेरिकन सामुदायिक केन्द्र(न्याक)ले सयुक्त रुपमा आयोजना गरेको हो ।उक्त कार्यक्रम मनासस शहरको रोज गोल्ड इभेन्ट्स सेन्टरमा भएको थियो भने कार्यक्रममा ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुको साथमा स्थानिय प्रतिभाहरुको समेत प्रस्तुति रहेको थियो ।
कार्यक्रममा प्रस्तुति गर्ने कलाकारहरुमा किरण गजमेर ,बाबु बोगटी ,अन्जना गुरुङ,आभा मुकारुंग ,चर्चित हास्य कलाकार गोपाल फिस्टेको व्यंग्य प्रहसन ,लोक दोहोरी चर्चित गायक गायिका लक्ष्मण पौडेल र कल्पना देवकोटा ,रमेश परियार ,बिन्ती कुमार गुरुङ ,रिता श्रेष्ठ ,सरोज अधिकारी ,प्रनिंन राई ,अपेक्षा सिंह गुरुङ परियार ,रुबी पौडेल ,अर्जुन थापा लगायतले प्रस्तुति दिएका थिए । साथै केसी डान्स सेन्टरका तर्फबाट पनि प्रस्तुति रहेको थियो ।