काठमाडौं १० जेठ । संसद विघटनविरुद्ध १४६ सांसदहरुको हस्ताक्षरसहित विपक्षी गठबन्धनका सांसदहरु सर्वोच्च अदालत पुगेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव-डा.बाबुराम भट्टराई समुह , नेकपा एमालेको माधव नेपाल समुह र जनमोर्चा गरी पाँच दलका सांसदहरूले हस्ताक्षरसहित अदालत पुगेका हुन् ।
मध्यराति जारी गरिएको निवार्चन असंवैधानिक भएको भन्दै संविधानको धारा ७६ (५) अनुसार विपक्षी दलले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन वैधानिकता पुगेको भन्दै १४६ सांसदहरुको हस्ताक्षर सहित रिट दायर गर्न सर्वोच्च पुगेको हो ।
विपक्षी गठबन्धनले दायर गरेको रिटमा भनिएको छ , संसद विघटन गर्न सिफारिस गर्ने मन्त्रिपरिषको निर्णय खारेज गनुपर्ने , संसद अधिवेशनको मिति तोक्नुपर्ने ,संविधानको धारा ७६(५) अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने ।