सवारीचालक अनुमतिपत्र लिन सास्ती — OSNepal

सवारीचालक अनुमतिपत्र लिन सास्ती

LC (KTM) March 15, 2022 0

काठमाडौं, चैत १ । सरकारी सेवालाई ‘डिजिटल’ बनाउने भनिए पनि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) नवीकरणको फाराम बुझाउन मात्रै नौ घण्टा लाममा लाग्नुपर्ने अवस्था छ ।एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा चालक अनुमतिपत्र नवीकरण गर्न जाने सेवाग्राहीले ‘टोकन’ लिन, बैङ्कमा राजस्व जम्मा गर्न र फाराम बुझाउन मात्रै कम्तीमा नौ घण्टा लाग्छ । त्यहीमाथि दैनिक बाँडिने दुई सय ‘टोकन’ हात पार्न बिहान सखारै यातायात कार्यालय पुगेर लाम कुर्नुपर्ने अवस्था छ । लाइनमा दिउँसो ३ः३० बजे भेटिएका रौतहट वसन्तपुरका बालकिशोर साहले भने ।

“कार्यालय बिदा लिएर बिहान ७ बजे लाममा बसेको, अहिले पनि फराम बुझाउने लाइनमै छु ।” लाइसेन्स नवीकरणको कामले यातायात कार्यालय पुगेका साहले भने, “एक पटक लाममा बसेर हुँदैन, हरेक झ्यालमा लाइन बस्नुपर्छ । फाराम बुझाउने काम आज सकिन्छ कि?”

यातायातको एकान्तकुना कार्यालयले नवीकरण, दर्ता र लाइसेन्स वितरणको काम गर्छ । त्यसैले एकान्तकुनामा बिहानैदेखि सेवाग्राहीको चाप हुन्छ । नवीकरणको फाराम बुझाए पनि लाइसेन्स कहिले आउँछ भन्ने टुङ्गो नहुने सेवाग्राही साहले बताए ।

ठेलमठेल गर्दै लाइनमा उभिएका सिन्धुपाल्चोकका दानबहादुर श्रेष्ठले १४ महिनापछि लाइसेन्स लिन आएको बताउन्छन् । त्यस्तै काठमाडौँ कपनका रामकुमार परियार पनि १३ महिनापछि लाइसेन्स लिन आएका थिए। उनले भने, “लाइसेन्स लिन पनि एक डेढ वर्ष कुर्नुपर्ने, कस्तो विडम्बना हो ? जनताले दुःख पाएको त कसैलाई मतलब छैन, विधि पु¥याएर लाइसेन्स लिन पनि यति गाह्रो ?”

एकान्तकुना कार्यालयमा दैनिक एक हजार पाँच सय हाराहारीमा सेवाग्राही पुग्छन् । एकान्तकुना कार्यालयका अनुसार लाइसेन्स नवीकरणका लागि मात्रै दैनिक तीन सय जनासम्म सेवाग्राही एकान्तकुना पुग्छन् । गोरखापत्र दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर