विबाह अघि यो जोडीले खेत रोप्न ठिक्क पारिएको खेतको हिलोमा लडीबुडी गर्दै खिचाए तस्विर — OSNepal

विबाह अघि यो जोडीले खेत रोप्न ठिक्क पारिएको खेतको हिलोमा लडीबुडी गर्दै खिचाए तस्विर

LC (KTM) March 24, 2023 0

काठमाडौं । हर जोडीले विबाह अघि आफ्ना हुने पति वा पत्निसँग कुराकानी गर्नु, सेल्फी खिच्नु नम्बर साटासाट गर्नु, फेसबुक, इस्टा जस्ता सामाजिक संजालमा जोडिनु फलो गर्नु हिजोआज सामान्य कुरा हो ।

तर फिलिपिन्सको ओर्मोक शहरका स्थायी बासिन्दा २४ वर्षका जोन्सी गुटेरेज र इमे बोरिनागाले विवाहपूर्व हिलोमा गरेको प्रि वेडिङ फोटोसुट अहिले व्यापक चर्चामा छ । भाइरल जोडीलाई तस्विरमा हिलोले ढाकिएको देख्न सकिन्छ । जहाँ उनीहरुले आर्कषक पोज दिँदै आफ्नो खुशी पोखिरहेका छन् ।

यो भाइरल जोडी फिलिपिन्सको ओर्मोक शहरका स्थायी बासिन्दा हुन्। केही समय अघि मात्रै यो जोडीले अनौठो तरिकाले फोटो सुट गरेका तस्विरहरु अहिले आएर एकाएक भाइरल बनेका छन् । यो जोडीले हरियाली पृष्ठभूमिमा फोटो सुट गराउनुको खास कारण उनीहरुका बाबु आमा दुवै परिवार कृषक हुन् ।

मानिसहरूले जोन्सी र इमेको तस्बिर बाँकी जोडीभन्दा फरक पाएका छन् किनभने यसमार्फत उनीहरूले प्रकृतिप्रतिको आफ्नो प्रेम देखाउने प्रयास गरेका छन्। साथै, सुटिङ एकदमै सरल राखिएको छ। इमेको परिवारको धान खेतमा फोटोसुट गराएका कारण पनि तस्विरले थप चर्चा बटुल्न सफल भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर