टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलमा स्पेन संग जापान स्तब्ध, स्वर्ण पदकका लागि स्पेनले ब्राजिल संग भिड्ने पक्का — OSNepal

टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलमा स्पेन संग जापान स्तब्ध, स्वर्ण पदकका लागि स्पेनले ब्राजिल संग भिड्ने पक्का

LC (KTM) August 03, 2021 0

टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलमा आज भएको खेलमा आफ्नै मैदानमा जापान पराजित भएको छ । स्पेनको यू २३ टिमले जपानलाई उसकै घरेलु मैदानमा स्तब्ध बनाएको हो । यो जित संगै स्पेन फाइनलमामा प्रवेश गरेको छ ।

मंगलबार भएको दोस्रो सेमिफाइनलमा जापानलाई अतिरिक्त समयमा एक शुन्य गोल अन्तरले पराजित गर्दै स्पेन फाईनमा पुगेको हो । निर्धारित ९० मिनेट सम्म दुबै टिमले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

अतिरिक्त समयमा स्पेनका मार्को एसेन्सियो नायक बने । उनले खेलको ११५ औं मिनेटमा निर्णायक गोल गर्दै स्पेनलाई स्वर्ण पदकको नजिक पु¥याएका छन् । एसेन्सियोले मिकेल ओयार्जाबलको पासमा गोल गरे ।

अब स्पेनले स्वर्ण पदकको लागि ब्राजिलसँग प्रतिस्पर्धा गर्नेछ । ब्राजिलले मेक्सिकोलाई पेनाल्टी सुटआउटमा हराएर फाइनल यात्रा तय गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर