चोर आयो भन्दै कराउँदै हिडेका नुवाकोटका प्रकाश पछि आफु चोर होइन भन्दै बिजुलीको तारमा पासो लगाई गरे आत्महत्या — OSNepal

चोर आयो भन्दै कराउँदै हिडेका नुवाकोटका प्रकाश पछि आफु चोर होइन भन्दै बिजुलीको तारमा पासो लगाई गरे आत्महत्या

LC (KTM) December 24, 2021 0

काठमाडौं ९ पौष । चोर आयो भन्दै कराउँदै हिडेका एक व्यक्तिले बिजुलीको तारमा पासो लगाई आत्महत्या गरेका छन् ।

काठमाडौंस्थित कपनमा एक व्यक्तिले सुरुमा चोर आयो भन्दै कराउँदै हिडेका र अन्य व्यक्ति बाहिर निस्किएपछि आफु चोर नभएको भन्दै आत्महत्या गरेका हुन् ।

सबै बाहिर निस्किए लगत्तै अर्काको घरमा चढि बिजुलीको कालो तारमा पासो लगाई आत्महत्या गरेका हुन् ।

उनलाई बचाउन खोज्दा खोज्दै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । आत्महत्या गर्नेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिकाका प्रकाश अधिकारी रहेका छन् ।

उनी मजद्ुरी काम गर्दै आएका थिए । उनले आज बिहान ५ बजे आत्महत्या गरेका हुन् । केहि व्यक्तिले भने अधिकारीले आत्महत्या गरेको भिडियो समेत खिचेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर