घाँटी काटेको अवस्थामा एक पुरुषको शव फेला — OSNepal

घाँटी काटेको अवस्थामा एक पुरुषको शव फेला

LC (KTM) October 17, 2021 0

काठमाडौं ३१ असोज । धनुषामा घाँटी काटेको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ ।

हिजो आइतबार बिहान जिल्लाको नगराइन नगरपालिका वडा नम्बर ५ गाँगुलीमा एक पुरुषको शव फेला परेको हो । प्रहरीले दिएको जानकारी अनुसार उक्त व्यक्तिको सनाखत भने भएको छैन ।

उक्त सनाखत हुन नसकेको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर