पूर्वमेयरका छोरा अनिल दुई करोड ठगेर फरार — OSNepal

पूर्वमेयरका छोरा अनिल दुई करोड ठगेर फरार

LC (KTM) May 14, 2023 0

झापा – दमक नगरपालिकाका पूर्वप्रमुख रोमनाथ ओलीका छोरा अनिलमाथि दुई करोड ठगी गरेको आरोप लागेको छ । अस्ट्रेलिया र दक्षिण कोरिया पठाइदिने भन्दै १६ जनाबाट दुई करोड बढी ठगेको पीडितको उजुरीका आधारमा उनी माथि बैदेशिक रोजगार विभागले अनुसन्धानका लागि पक्राउ गर्न पत्र जारी गरेपछि अनिल फरार छन् । मासिक तलब २ लाख हुने काममा लगाइदिने आश्वासन दिएर उनले पैसाा उठाउने गरेको बताइएको छ ।

अनिलले ५ जनालाई अस्ट्रेलिया र ११ जनालाई कोरिया पठाइदिने भन्दै पैसा उठाएको आरोप छ । उनले अस्ट्रेलियाका लागि जनही ५ लाखदेखि १५ लाख र दक्षिण कोरियाका लागि १० लाखका दरले लिएको पीडितको दाबी छ ।दक्षिण कोरिया पठाइदिने भन्दै अनिलले झापा, कमलका इन्द्रप्रसाद सिटौला, सुमन सिटौला, निशा तिम्सिना, रोहित तिम्सिना, पुष्प तिम्सिना, गणेश खनाल र दमकका गीता खरेल, गणेश देवकोटा, वेदराज कार्की, सुरुङ्गाका टीका मैनाली र काठमाडौंका देवराज घिमिरेसँग पैसा उठाएको पीडितको दाबी छ ।

अनिल एमाले अध्यक्ष केपी शर्मा ओलीका नाति पर्छन् । ‘पूर्वप्रधानमन्त्री केपी ओलीको नाति, पूर्वमेयरका छोरा भएकाले अस्ट्रेलिया पठाउँछन् होला भन्ने भउकाले विश्वासले पैसा ऋण काढेर दिएको पीडित बताउछन् । पूर्वमेयर रोमनाथले पीडितहरूले छोरालाई फसाएको आरोप लगाए । अस्ट्रेलिया र दक्षिण कोरिया पठाउने भनेर अनिलले नभई काठमाडौंका श्रीबहादुर गुरुङले ठगी गरेको उनको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर