काठमाडौं आइपुगिन् बलिउड नायिका मलाइका आरोरा — OSNepal

काठमाडौं आइपुगिन् बलिउड नायिका मलाइका आरोरा

LC (KTM) January 12, 2023 0

काठमाडौं – भारतीय सुन्दरी नायिका मलाइका अरोरा काठमाडौँ आइपुगेकी छन् । उनी उनी ज्वेलरी फेशन शोमा होटल याक एन्ड यतिमा आज साँझ ६ बजे हुने नेपाली र्याम्प शोमामा आफ्नो जादु छर्न काठमाडौं आएकी हुन् ।

नेपाल रत्न तथा आभुषण संघले होटल याक एण्ड यति दरबारमार्ग काठमाडौमा आयोजना गर्न लागेको चौथो जेम एण्ड ज्वेलरी एक्स्पोले गर्न लागेको हो ।
शोमा अरोराले नेपाली पोशाक र आभुषण ¥याम्पमा प्रस्तुत गर्नेछिन् । पुस २९ देखि माघ १ गतेसम्म हुने एक्स्पोको अघिल्लो दिन अर्थात पुस २८ गते बिहीबार ज्वेलरी फेशन शो आयोजना हुन लागेको हो ।

बलिउडकै फेसन क्विनका रुपमा परिचय बनाएकी मलाइकाको स्टाइललाई पछ्याउने किशोरी नेपालमा प्रशस्तै छन् । फेसन रनवेमा गहना डिजाइनर, निर्माता, डिलर र खुद्रा बिक्रेता सहभागी हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर