अमला र मह सँगै खाएमा हुन्छ यस्तो रोगबाट छुटकारा — OSNepal

अमला र मह सँगै खाएमा हुन्छ यस्तो रोगबाट छुटकारा

LC (KTM) April 26, 2022 0

काठमाडौं । तपाईलाई अमला कतिको मन पर्छ ? अमला एउटा गुणकारी फल हो । यसको स्वाद अमिलो हुन्छ । अमलालाई अनेकौ थरिका फलहरु मिसाएर पनि सेवन गर्ने गरिन्छ । गाँउघर तिर अमलामा मह मिसाएर खाने चलन रहेको छ । अमलामा मह मिसाएर खाएको खण्डमा यसले दुई गुणा भन्दा बढि शक्ति दिन्छ ।

अमलामा एक थोपा मह मिसाएर खाएको खण्डमा घाँटीमा खसखस, चिसो, खोकी र फ्लुबाट छुटकारा पाउन सकिन्छ । मह र अमला सँग सेवन गरेको खण्डमा कोलेस्ट्रोलको मात्रा पनि कम हुन्छ । अमला र महको सेवनले रोगसँग लड्न सक्ने क्षमतामा बृद्धि गर्छ । यसको सेवन दिनहु गरेको खण्डमा छालालाई सुन्दर र मुलाएम राख्नमा सहयोग गर्दछ ।

मह र अमला दुबै स्वास्थ्यको लागी महत्वपूर्ण चिज भएकाले गर्दा यी दुई चिजबाट शरीररलाई निकै फाईदा गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर