• २०७७, चैत्र ३१ गते मंगलवार

ताजा अपडेट

ट्रेन्डिङ

images

 चर्चित सिरियल ‘जानकी’बाट चर्चा कमाएकी नायिका रञ्जना शर्माले  प्रेमीसँग गरिन् बिहे 

 चर्चित सिरियल ‘जानकी’बाट चर्चा कमाएकी नायिका रञ्जना शर्माले  प्रेमीसँग गरिन् बिहे 

  • ओएसनेपाल
  • चैत्र २६, २०७७ बिहिवार २१:२५ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 425
    SHARES
  • काठमाडौँ । कुनै समयकी  चर्चित नायिका रञ्जना शर्माले प्रेमीसँग लगनगाँठो कसेकी छिन् । लामो समयदेखि अमेरिकामा बस्दै आएकी अभिनेत्री रञ्जनाले प्रेमी निकेश सिलवालसँग इसाई धर्मअनुसार विवाह गरेको बताइएको छ । अमेरिकामा बसोबास गर्ने फिल्मकर्मीहरुलाई साक्षी राखेर रञ्जनाले प्रेमी निकेशसँग क्रिश्चियन परम्परा अनुसार विबाह गरेकी हुन् । वैबाहिक समारोहमा उनी निकै खुशी देखिएकी छिन् । 

    सेतो रंगको आकर्षक गाउनमा सजिएकी रञ्जनाले विवाहका तस्विर तथा भिडियोहरु फेसबुकको स्टोरीमा पोस्ट गरे लगत्तै उनलाई शुभकामनाको वर्षा भइरहेको छ । होटेल म्यानेजमेन्ट अध्ययन गरेका निकेशसँग रञ्जना केही वर्षदेखि प्रेम सम्बन्धमा रहेको र अब सँगै भएर अगाडी बढ्ने निर्णय अनुसार यो जोडीले विबाह गरेको हो । 

    विवाहभन्दा अगाडि उनीहरु बाल्टिमोरमा एकसाथ बस्दै आएका थिए । रञ्जनाको यो दोस्रो विवाह हो । निर्देशक श्याम भट्टराईसँग विवाह गरेर उनी अमेरिका हानिएकी थिइन् ।  रञ्जनासँग डिभोर्स भएपछि श्यामले नेपाल आएर दोस्रो बिहे गरेकी हुकी हुन् ।  चर्चित सिरियल ‘जानकी’बाट काम सुरु गरेकी उनले  ‘मौसम’, ‘ध्रुवतारा, हे युवा’ लगायतका चलचित्रमा अभिनय गरेकी थिइन् ।

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com