• २०७७, चैत्र ३१ गते मंगलवार

ताजा अपडेट

ट्रेन्डिङ

images

अनुत्र्तीण भएकालाई नतीजा परिवर्तन गरेको पाइएपछि यातायात व्यवस्था कार्यालयका १९ जनाविरुद्ध  मुद्दा

अनुत्र्तीण भएकालाई नतीजा परिवर्तन गरेको पाइएपछि यातायात व्यवस्था कार्यालयका १९ जनाविरुद्ध  मुद्दा

  • ओएसनेपाल
  • चैत्र २६, २०७७ बिहिवार २१:२० बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 240
    SHARES
  • काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, भेरी अञ्चल कार्यालय नेपालगञ्जका तत्कालीन कार्यालय प्रमुख तथा परीक्षा समितिका अध्यक्ष पवन सुवेदीसमेत १९ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ। 
     

    आयोगका अनुसार नेपालगञ्जबाट लिइएको दुईपाङ्ग्रे सवारीचालक अनुमतिपत्रसम्बन्धी लिखित परीक्षाको नतीजामा परीक्षा समितिको बैठक नै नबसी सदस्यलाई भूमिकाविहीन बनाएको तथा परीक्षामा अनुत्र्तीण भएकालाई नतीजा परिवर्तन गरेको पाइएको छ। 

    सो कार्यमा तत्कालीन कार्यालय प्रमुख पवन सुवेदी, शाखा अधिकृतद्वय सीताराम खनाल र डकेराज पोखरेल संलग्न रहेको आयोगको अनुसन्धानमा देखिएको छ। यस्तै तत्कालीन शाखा अधिकृत ध्रव्रराज देवकोटा, नायब सुब्बा ललितबहादुर वलीलगायत छन्। 

     

    उनीहरुले लिखित परीक्षको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको पाइएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए। यसैगरी आयोगले महोत्तरीको साविक सिंग्याही गाविसका तत्कालीन सचिव विनोदकुमार सिंहसमेतले एकै व्यक्तिको नाममा दोहोरो सामाजिक सुरक्षा भत्ता वितरण गरेको भरपाइ बनाई सरकारी रकम हिनामिना गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ। 

    आयोगका अनुसार १२ लाख ४४ हजार बराबरको हिनामिना गरेको पाइएको छ।  सो कार्यमा सचिव सिंह र कार्यालय सहायक नारायण यादवको सङ्लग्नता रहेको पाइएको छ। आयोगले उनीहरुविरुद्ध ६ लाख २९ बराबरको बिगो कायम गरी मुद्दा दायर गरेको छ। अनियमितता गरेकोमध्ये ६ लाख १५ हजार बराबरको रकमसमेत बैंकमा दाखिला भएको पाइएको छ। 
     रासस   
     

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com