नयाँ दिल्ली । भारत सरकार को आत्मनिर्भर भारत अभियानले सबै मानीवीय हितका लागि सम्पति र मूल्य मान्यता विकास गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् । आत्मनिर्भर अभियान भारतीय जनताको मात्र नभई सबै मानव जातिका लागि सम्पति र मूल्य मान्यता विकास गर्ने प्रधानमन्त्री मोदीले बताएका हुन् ।
स्वामी चिद्भावनन्दको भागवद गीता सार्वजनिक समारोहलाई भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले यस्तो धारणा राखेका हुन् । यो अभियानले भारतलाई आत्मनिर्भर बनाउने पनि प्रधानमन्त्री मोदीले विश्वास व्यक्त गरे। आत्मनिर्भर भारत अभियान भारतका लागि मात्र नभई विश्वकै लागि राम्रो हुने उनले बताए । विगतमा विश्वलाई चिकित्सा सामाग्री आवश्यक परेको अबस्थामा भारतले सक्दो सहयोग गरेको पनि उनले बताएका छन् ।
भारतीय वैज्ञानिकहरुले कोभिड–१९ बिरुद्धको खोप चाँडै आविष्कार गरेको र विश्वका अधिकांस मुलुकमा भारतीय खोप उपलब्ध भएको उनले बताए । सबै मानवको हीत गर्नु नै भागवद गीताको सारांस भएको प्रधानमन्त्री मोदीले स्मरण गरे । भागवद गीताको गहिराई, विविधता र लचकता नै यसको सौन्दर्य रहेको प्रधानमन्त्री मोदीले बताए ।
© 2021 All Right Reserved osnepal.com
Site By: SobizTrend Technology