काठमाडौँ २६ चैत । प्रतिनिधि सभाको बैठक अहिले दिउँसो १बजे बस्ने भएको छ । आजको बैठकमा भने सूचना प्रविधि सम्बन्धी विधेयकको प्रतिवेदन पेश गर्ने कार्यसुची रहेको छ । लामो समय देखि विवादित बन्दै आएको उक्त विधेयक सामाजिक सञ्जाल प्रयोगमा थप कडाइ गर्ने व्यवस्था सहित आजको बैठकमा पेश हुन लागेको हो ।सो विधेयकको प्रतिवेदन विकास तथा प्रविधि समितिकी सभापति कल्याणीकुमारी खड्काले पेश गर्न लागेको बताइएको छ ।
यसैगरीको आजको संसद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी आयोग र थारु आयोगका वार्षिक प्रतिवेदन समेत प्रस्तुत गर्ने कार्यसूचि रहेको संसद् सचिवालयले जनाएको छ । त्यस्तै आजको बैठकमा राष्ट्रिय सभाका पूर्वसांसद तथा पूर्ववाणिज्य एवं आपूर्ति राज्यमन्त्री ऐश्वर्यलाल प्रधानांगप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची पनि रहेको संसद सचिवालयले जनाएको छ ।अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने प्रावधान विधेयकमा रहेको भन्दै विगत लामो समय देखि चर्को आलोचना र संसदमा अवरोध भएपछि अघि बढ्न नसकेको यस विधेयक कांग्रेसका सांसद बाहेक सबै बाट बहुमतले पारित भएको थियो ।
© 2021 All Right Reserved osnepal.com
Site By: SobizTrend Technology