काठमाडौं - निर्माता माधव वाग्लेले ‘पारस’ छाडेर विवेक बनाउने भएका छन् । उनले विपिन कार्की र अभिनेत्री स्वस्तिमा खड्कालाई मुख्य भूमिकामा लिएर फिल्म ‘विवेक’ बनाउन लागेको बताइएको छ । । उनको प्रोडक्सन कम्पनी प्रिन्सेस मुभिजको ब्यानरमा बन्न लागेको फिल्ममा विपिन र स्वस्तिमा फाइनल भइसकेका छन् । फिल्मको अन्य पात्रका लागि भने अडिसनबाट कलाकार छानिने निर्माता वाग्लेले बताए ।
अभिनेता अनमोल केसीलाई लिएर फिल्म ‘पारस’ बनाउने तयारीमा थिए । तर, भुवन केसीले ‘लक’ भइसकेको स्क्रिप्ट तोडमोड गरेको भन्दै उनले ३० लाख बुझेर फिल्मबाट हात झिके पछि उनी पारस छाडेर विवेक तिर लागेका हुन् ।
मंगलवार साँझ उनले आफ्नो फेसबुकमा फिल्मको एक पोस्टर सार्वजनिक गरेका छन्, जसमा विपिनलाई निराश मुद्रामा देख्न सकिन्छ । फिल्ममा उनी टाइटल क्यारेक्टरमा देखिनेछन् । फिल्मको छायाकंन तराई क्षेत्रमै गरिने बताईएको छ । लेकनाथ कोइरालाको लेखन रहेको फिल्म नेपाली, मैथिली र भोजपुरी भाषामा निर्माण हुनेछ । नित नयाँ फिल्म भारत ५ जुनमा रिलिज हुँदै छ ।
© 2021 All Right Reserved osnepal.com
Site By: SobizTrend Technology