• २०७७, चैत्र ३१ गते मंगलवार

ताजा अपडेट

ट्रेन्डिङ

images

ओली सरकारले महंगी बढाउँदा जनता थिचिए, दैनिक उपभोग्य वस्तुको मूल्य अकासिदा ओली सरकार रमिते  मात्र

ओली सरकारले महंगी बढाउँदा जनता थिचिए, दैनिक उपभोग्य वस्तुको मूल्य अकासिदा ओली सरकार रमिते  मात्र

  • ओएसनेपाल
  • चैत्र २६, २०७७ बिहिवार ०७:३१ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 458
    SHARES
  • काठमाडौं  - दैनिक उपभोग्य वस्तुको मूल्य अकासिएको छ। अत्यधिक मूल्यवृद्धिका कारण उपभोक्ता खर्च धान्नै नसक्ने अवस्थामा पुगेका छन्। कोभिड १९ महामारीका कारण आयस्रोत गुमेर कमजोर बनेको क्रयशक्तिबीच नेपालीको भान्छा अचाक्ली महँगिएको छ। भटमास, सनफ्लावरको तेलसँगै चामल, केराउ, हरियो तरकारी, कुखुराको मासु, खाना पकाउने ग्यासको भाउ उच्च परिमाणमा बढेको छ। यस्तै, पेट्रोल र डिजेलको मूल्य पटक–पटक बढेको छ।

    गत वर्ष चैतको तुलनामा यसपटक मुख्य गरी हरियो तरकारीको मूल्य निकै बढेको छ। कालिमाटी तरकारी तथा फलफूल विकास समितिका अनुसार काउली, घिरौंला, घिउसिमी, भान्टा, लौकालगायत हरियो तरकारीको मूल्य वृद्धि भएको छ। प्याज र आलु भने केही सस्तिएका छन्। आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

    किसानले पर्याप्त परिमाणमा खेती नगरेकाले उत्पादनमा कमी आई हरियो तरकारीको मूल्य वृद्धि भएको नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले बताए।

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com