• २०७७, चैत्र ३१ गते मंगलवार

ताजा अपडेट

ट्रेन्डिङ

images

सुलभ दरमा गुणस्तरीय सेवा सहित पोखरामा गार्डेन मार्ट डिपार्टमेण्ट स्टोर शुरु हुँदै

सुलभ दरमा गुणस्तरीय सेवा सहित पोखरामा गार्डेन मार्ट डिपार्टमेण्ट स्टोर शुरु हुँदै

  • ओएसनेपाल
  • चैत्र २५, २०७७ बुधवार २०:३३ बजे
  • अ +
  • अ -
पढ्न लाग्ने समय: < १ मिनेट
  • 114
    SHARES
  • उपभोक्ताहरुलाई सुलभ दरमा गुणस्तरीय सेवा दिने उद्येश्य सहित पोखरामा गार्डेन मार्ट डिपार्टमेण्ट स्टोर शुरु हुँदैछ । शिव शिखर बहुउद्येश्यि सहकारी संस्थाद्वारा सञ्चालित उक्त डिपार्टमेण्ट स्टोर पोखराको पस्र्याङमा आउँदो शनिबारदेखि शुरु हुन लागेको हो । संस्थाको यो छैठौं शाखा हो ।

    ३ करोड लगानीमा शुरु हुन लागेको डिपार्टमेण्ट स्टोरमा ग्रोसरी, लिक्वेर, किचन, कपडा, जुत्ता, इलेक्ट्रोनिक्स आइटम लगायत रहने छ । स्टोरले स्वदेशी उत्पादनलाइपनि प्राथमिकतामा राख्ने जनाइएको छ । डिपार्टमेण्ट स्टोरमा सबैखाले उपभोक्तालाई दैनिक उपभोग्य वस्तुको सहज र सरल तरिकाले उपलब्ध गराउँदै मिनि सुपर मार्केटको कन्सेप्टमा अघि बढाइने सहकारीका पोखराका म्यानेजर रमेश न्यौपानेले जानकारी दिनुभयो । स्टोरको आफ्नैं एप्स मार्फत डिपार्टमेण्ट स्टोरमा उपलब्ध सामग्रीका बारेमा उपभोक्ताहरुले जानकारी लिन सक्नेछन् ।

    हाल सहकारी संस्थामा २३ तथा डिपार्टमेण्ट स्टोरमा २१ गरि ४४ जनालाई प्रत्यक्ष रोजगारी दिइएको छ । कोरोना संक्रमणका कारण नेपालमा धेरैले रोजगारी गुमाएको अवस्थामा संस्थाले नेपाली युवाहरुलाई नेपालमै रोजगारीको प्रवन्ध मिलाएर आफ्नैं देशमा बस्ने वातावरण श्रृजना गर्ने लक्ष्य रहेको न्यौपानेले बताउनुभयो ।

    यसअघि भक्तपुर, डडेल्धुरा, दाङको तुल्सीपुर, हेटौंडा र सुर्खेतमा डिपार्टमेण्ट स्टोर खुलिसकेको छ । संस्थाले छिट्टनै बाग्लुङमा पनि अर्को शाखा शुरु गर्ने जनाएको छ । त्यस्तै गण्डकी प्रदेशका अन्य जिल्लाहरुमा पनि शाखा विस्तार गरिने जनाइएको छ । एक वर्ष भित्र पोखराका विभिन्न स्थानमा ४ शाखा खोलिने पनि म्यानेजर न्यौपानेले बताउनुभयो । नयांँ वर्षसँगै सुरु हुन लागेको स्टोर्सले विभिन्न अफरहरु समेत राखेको छ ।

    प्रतिकृया दिनुहोस
    ट्रेन्डिङ
    सम्बन्धित समाचार
    छुटाउनु भयो की ?
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    © 2021 All Right Reserved osnepal.com